इन्टरको सहज जित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले स्पेजियालाई ३-० गोल अन्तरले हराएको हो ।

खेलको ३५ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा हाकनले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

त्यसपछि खेल ८२ औं मिनेटमा जोआकिन कोरेयाले गोल गर्दै इन्टरलाई ३-० को जित दिलाए । इन्टरको यो लगातार दोस्रो जित हो ।

यस जितसँगै इन्टरले २ खेलमा ६ अंक जोडेको छ । इन्टर शीर्ष स्थानमा रहेको छ । स्पेजिया ३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।