काठमाडौं । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेता सम्मिलित बैठकले संसदबाट आवश्यक प्रक्रिया पूरा गरी विधेयकलाई फेरि राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो ।
संविधानले राष्ट्रपतिलाई एक पटकका लागि त्यसरी विधेयक फिर्ता पठाउन सक्ने अधिकार दिएको छ । तर, संसदले सोही विधेयकलाई पुनर्विचार गरी प्रमाणीकरणका लागि पठाएमा राष्ट्रपतिले फेरि फिर्ता पठाउन मिल्दैन ।
मन्त्री कार्कीका अनुसार गठबन्धनको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकका सम्बन्धमा वृहत छलफल गरी यस सँग प्रत्यक्ष, अप्रत्यक्ष संलग्न रहेका सरोकारवाला, मानवअधिकारकर्मी, विभिन्न तह र तप्का तथा पीडित लगायत व्यक्ति तथा संघ संस्थाहरूसँग परामर्श गरी उनीहरुबाट आएका सरसल्लाह र सुझावलाई गहन रुपमा लिनका अतिरिक्त यसबारेमा समीक्षा र विश्लेषण गर्दै शान्ति तथा मेलमिलापलाई टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप विधेयक अघि बढाउन सहमति भएको छ ।
फरकबाटो ३१ श्रावण २०७९, मंगलवार १४:५८