छोरीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा बुवा पक्राउ

सुर्खेत । आफ्नै छोरीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा  प्रहरीले बुवालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिकाबाट उनलाई हिजो पक्राउ गरिएको हो ।

१२ वर्षीय जेठी छोरीसहित तिनजना छोराछोरीको संरक्षक बुवाले जबरजस्ती करणी उद्योग गरेपछि उनलाई पक्राउ गरिएको हो ।
आमा रोजगारको सिलशिलामा तेस्रो मुलक भएको र दुई छोरी र एक छोराको संरक्षक बसेका बुवाले जेठी छोरी १२ वर्षीय बालिकालाई जबरजस्ती करणी उद्योग गरेको प्रहरीले जानकारी दिएको छ ।

यहीँ साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी उद्योग गरेको जाहेरी दर्ता भएपछि हिजो प्रहरीेले जक उद्योग गर्ने बुवालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक सुरज कार्कीका अनुसार पिडितबाट जक उद्योगको जाहेरी दर्ता भएको र अस्पतालको रिपोर्ट आउन बाँकी रहेको बताए ।

जबरजस्ती करणी वा जबरजस्ती करणी उद्योग हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।