सुर्खेतका सबै पालिकामा काँग्रेस अधिवेशन सकियो

सुर्खेत । सुर्खेतमा नेपाली काँग्रेसको सबै पालिकामा अधिवेशन सम्पन्न भएको छ । सुर्खेतका नौ वटै पालिकामा अधिवेशन सम्पन्न भएको हो ।

वीरेन्द्रनगर नगरपालिकामा उपेन्द्र खड्का, पञ्चपुरी नगरपालिकामा कृपाराम थापा, भेरीगंगा नगरपालिकामा रामबहादुर सिंह, गुर्भाकोट नगरपालिमा हस्त पुन र लेकवेशी नगरपालिकामा उमेश पौडेल सभापतिमा निर्वाचित भएका छन् ।

यस्तै सिम्ता गाउँपालिकामा वीरेन्द्र रावत, चिङ्गाड गाउँपालिकामा डोरप्रसाद पौडेल र  बराहताल गाउँपालिकामा भीम भण्डारी सभापतिमा निर्वाचित भएका हुन् । उनीहरु सबै देउवा पक्षका हुन् ।

चौकुने गाउँपालिकामा सभापतिमा नरबहादर बान्तोला निर्वाचित भएका छन् । उनी भने पौडेल समूहका हुन् । यस अघि भएका सुर्खेतका ९९ वटा वडा मध्य अधिकाँश वडामा देउवा पक्षले जितेको छ ।