देशभर डेङ्गी संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

सुर्खेत । देशभर डेङ्गी संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । आइतवार एकै दिन एक हजार ५१ जनामा डेङ्गी संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हाल २५ हजार पाँच सय ४३ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो एकै दिन डेङ्गी संक्रमणका कारण तीन जनाको ज्यान गएको छ । योसंगै नेपालमा डेङ्गी संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको हो ।

देशका ७६ जिल्लामा डेङ्गी पुष्टि भएकोमा सबैभन्दा धेरै काठमाण्डौमा आठ हजार आठ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ६ हजार दुई सय १८ र भक्तपुरमा आठ सय ८१ गरी काठमाण्डौ उपत्यकामा डेङ्गी संक्रमितको संख्या १२ हजार ३५ जना पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार दुई सय ७५ जनामा संक्रमण देखिएको छ । धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुलामा दुई सय जनाभन्दा बढीमा डेङ्गी पुष्टि भएको मन्त्रालयले जनाएको छ ।