सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मंगलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय भेलामा आँफुहरुलाई मारेर निरन्तर बाँच्ने ठुला राजनितिक दलहरुको चाहाना पुरा नहुने बताएका छन् । उनले नागरिकका अधिकारलाई कुण्ठित गरेर राजनितिमा रमाउने पार्टीहरुको अन्त्य गर्न स्वतन्त्र पार्टी जन्मिएको बताएका हुन् ।
‘हामीलाई मारेर निरन्तर बाँच्ने तपाईँको चाहाना पुरा हुन सक्दैन ’ उनले भने“ भ्रष्ट्राचारी दुराचारीलाई ठाउँको ठाउँ कार्रबाही गर्ने कर्णालीका नेता आज तिनीहरुकै चंगुलमा फसेका छन् ।”
पद खोज्नेलाई आफ्नो पार्टीमा प्रवेश हुन नदिने समेत उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
आँफु र आफ्नो परिवारको लागि नभई सबै नागरिकका लागि राजनीति गर्न आएको हुँ भन्ने नै ठुला पार्टीका प्रतिनिधिहरुले सदनमा छिरेपछि सबै बिर्सिने गरेको उनले बताए ।
यस पटक पनि मत फेर्न नसके ५ वर्ष फेरि दुख पाइने रविले बताएका छन् । ‘यस पटक मत फेर्न सकेनौं भने फेरि अर्को ५ वर्षका लागि यही सुनाउनु पर्ने छ, मलाई थाहा छैन आफ्नो सुविधा सम्पन्न जीवन छाडेर अर्को हर्क साम्पाङहरु, अर्का स्वतन्त्र उम्मेदवारहरु आउँछन्, आउँदैनन्, अर्का बालेनहरु र गोपी हमालहरु आउँछन् कि आउँदैनन् ?’ उनले प्रश्न गरे ।
रविले कर्णाली फेर्ने कामको सुरुवात कर्णालीकै गर्नुपर्ने उनले तर्क गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीलाई योगदान गरेका होइन देशलाई योगदान गरेकाहरु खोजिरहेको उनले सुनाए । थोरै मानिस बसेर पनि देश बनाउने अठोट बोकेको उनले बताए ।
फरकबाटो १७ श्रावण २०७९, मंगलवार १७:०६