मंगलबार साँझ साढे ७ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान


सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोबिन्द प्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गरेका छन् । उनले मंगलबार  साँझ साढे ७ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आह्वान समेत गरेका छन् ।

सोमबार माओवादी केन्द्रका वर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिए पछि मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई मंगलबार साँझ साढे ७ बजेसम्म दाबी पेश गर्न आह्वान गर्नु भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

 गठबन्धनको सहमति अनुसार नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गर्ने र शाही मुख्यमन्त्रीमा नियुक्त हुने बताइएको छ ।