३ प्रदेशमा प्रदेश प्रमुख फेरिए, कर्णालीमा तिलक परियार

सुर्खेत । सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुख फेरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेशसहित प्रदेश १ र सुदूरपश्चिमको प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सरकारले कर्णाली प्रदेशमा प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीलाई हटाएर तिलक परियार नियुक्त गरेको हो ।

यस्तै प्रदेश १ मा पर्शुराम खापुङ र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।