टिकटक बनाउने क्रममा बेपत्ता भएका पुरुष मृत फेला

सुर्खेत । कुपिण्डे तालमा टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् ।

मंगलबार दिउँसो साथीहरुसँग कुपिण्डे तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेर वेपत्ता भएका दाङको तुलसीपुर उपमहानगरपालिका –६ का अन्दाजी ३७ वर्षीय बेद बहादुर बस्नेत मृत फेला परेका हुन् । उनी आज बुधबार दिउँसो करिब १२ बजे मृत फेला परेका हुन् ।

बेपत्ता भएका बस्नेतलाई सुर्खेतबाट गएको गोताखोरको टोलीले आज बुधबार दिउँसो करिब १२ बजे फेला पारेको जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिएका छन् ।

उनका अनुसार बेपत्ता भएका बस्नेत साविकको कपुरकोट गाउँपालिकाको सिनवाङ घर भई दाङ तुल्सीपुर उपमहानगरपालिका ६ बस्दै आएका थिए ।