सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको मृत्यु भएको छ ।
आज दिउँसो २ बजेतिर शंखमुलमा रहेको एक रेष्टुराँको ६ तलामाथिबाट खसेर उनी घाइते भएका थिए । उपचारका क्रममा उनकाे मृत्यु भएको हाे ।
नेता उपाध्याय पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका कान्छो भाइ हुन् ।
फरकबाटो २० फाल्गुन २०७९, शनिबार १९:५८