जसपाले फिर्ता बोलायो तीन मन्त्री, नयाँ मन्त्रीमा यादव, राई र सिंह सिफारिस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका आफ्ना तीन मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री रेणु यादव र वनमन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले भने निरन्तरता पाएका छन् ।

जसपाले तीनजना नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको छ । नयाँ मन्त्रीका लागि सिफारिस हुनेमा प्रदीप यादव, इस्तियाक राई र मृगेन्द्र सिंह छन् । यादवलाई वन, राईलाई भौतिक पूर्वाधार र सिंहलाई कृषि मन्त्रीमा सिफारिस गरिएको छ ।