भारतविरुद्ध इंग्ल्यान्डको सानदार जित

काठमाडौं । घरेलु टोली इंग्ल्यान्डले दोस्रो एकदिवसीयमा भारतविरुद्ध सानदार जित निकालेको छ । लर्ड्समा बिहीबार भएको खेलमा इंग्ल्यान्डले पाहुना टोलीलाई भारतलाई १०० रनको फराकिलो अन्तरले हराएको हो।

इंग्ल्यान्डले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोली ३८ ओभर ५ बलमा  अलआउ हुँदै १ सय ४६ रनमा समेटियो । भारतका लागि हार्दिक पाण्डेया र रविद्र जडेजाले समान २९/२९ रन बनाए । सुर्यकुमार यादवले २७ तथा मोहम्मद सामीले २३ रन बनाए ।

विराट कोहली १६ रनमा आउट हुँदा अन्य ६ खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । भारतलाई सस्तैमा रोक्न घरेलु टोलीका रिच टाप्लेले ६ विकेट लिए । उनले ९ ओभर ५ बलमा २ मेडन सहित २४ रन खर्चिए ।

ब्रान्डन क्रासी,डेबिड बिलि,मोईन अलि र लियाम लिभिङस्टोनले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४९ ओभरमा अलआउट हुँदै २ सय ४६ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि मोईन अलिले ४७ रन बनाए । डेबिड बिलिले ४१ तथा जोनी बेयस्ट्रोले ३८ रन बनाए । जासन रोयले २३ तथा बेन स्टोकले २१ रन बनाए ।

भारतका लागि युजभेन्द्र चाहलले ४ विकेट लिए । जसप्रित बुमराह र हार्दिक पाण्ड्याले समान २/२ तथा मोहम्मद सामी र प्रसिद्ध कृष्णाले समान १/१ विकेट लिए ।

यस जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १-१ को बराबरी बनाएको छ । पहिलो खेल भारतले १० विकेटले जितेको थियो । दुई टोलीबीचको तेस्रो तथा निर्णायक एकदिवसीय आइतबार हुनेछ ।