
सुर्खेत । कतारमा जारी फिफा विश्वकप फुटबलमा जापान कोस्टारिकासँग पराजित भएको छ । पहिलो खेलमा जर्मनीलाई हराएर उत्साहित बनेको जापान आज कोस्टारिकासँग स्तब्ध बनेको हो ।
अहमेद बिन अलि स्टेडियममा आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १(० गोल अन्तरले हराएको हो । कोस्टारिकाको जितमा केयशेर फुलेरले ८१औं मिनेटमा निर्णायक गोल गरे ।
यो जितसँगै कोस्टारिकाले नकआउट चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ । पहिलो खेलमा कोस्टारिका स्पेनसँग पराजित भएको थियो ।
जापानको यो पहिलो हार हो । जापानले पहिलो खेलमा जर्मनीलाई हराएको थियो । जापान २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

फरकबाटो ११ मंसिर २०७९, आईतवार १८:५४