नेपालको वरीयता यथावत

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको वरीयता यथावत रहेको हो ।

एकदिवसीयको नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १९ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा रहेको छ ।

इंग्ल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । पाकिस्तान चौंथो स्थानमा रहदा अष्ट्रेलिया पाँचौं स्थानमा रहेको छ । टी-ट्वान्टी वरीयतामा पनि नेपाल यथावत रहेको छ ।

नेपाल १३ औं स्थानमा रहेको छ । एकदिवसीयमा भारत, इंग्ल्यान्ड,पाकिस्तान, दक्षिण अफ्रीका र अष्ट्रेलिया क्रमशः शीर्ष देखि पाँचौं स्थानमा रहेको छ ।