सुर्खेत । लागुऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । वीरेन्द्रनगर वडा नम्बर ११ बस्ने ३१ वर्षका लिलाराम पुरीलाई सुर्खेत जिल्ला अदालत सुर्खेतले लागुऔषध ब्राउनसुगर मुद्दामा ४ वर्ष ११ महिना कैद सजाय र पाँच हजार जरिवाना तोकेको थियो ।

लागुऔषध नियन्त्रण व्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले प्रतिवादी पुरीलाई पक्राउ गरेको हो । निजलाई पक्राउ गरी सुर्खेत जिल्ला अदालतमा पठाइएको छ ।

फरकबाटो २२ कार्तिक २०७९, मंगलवार १७:४६