कर्णाली प्रदेशका सांसदहरुले लिए शपथ


सुर्खेत । कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज दिउँसो सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष प्रदेशका नवनिर्वाचित सांसदहरूले शपथ लिएका हुन् । यसअघि ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गएका हुन् । शाहले समेत प्रदेश प्रमुखबाट आजै सपथ लिएका हुन् ।

कर्णालीमा प्रत्यक्षमा २४ र समानुपातिकतर्फ १६ गरी ४० जना सांसद छन् । जसमा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एकरएक तथा एक जना स्वतन्त्र सांसद रहेका छन् ।