‘सामाजिक न्यायका लागि बोलौं’ विषयमा प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

‘सामाजिक न्यायका लागि बोलौं’ विषयमा प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार वीरेन्द्रनगरमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा सुर्खेतका धिरेन्द्र सापकोटा प्रथम, नमुना परियार द्धितिय, डोल्पाका मनप्रसाद रोकाय तृतिय र सुर्खेतकै शंकर आचार्य तथा हिक्मत बुढाक्षेत्री सान्तवना भएका हुन् ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश, आवाज संस्था सुर्खेत र अमेरिकन कर्नर सुर्खेतको समन्वय र एनयुएसएएनको आर्थिक सहयोगमा प्रतियोगिता भएको हो ।

प्रतियोगिता प्रथम हुनेले पाँच हजार, द्वितिय हुनेले चार हजार तृतीय हुनेले तीन हजार र सान्तवना हुने दुई जनालाई दुई-दुई हजार नगद र प्रमाण–पत्र पुरस्कार वितरण गरिएको आजाव संस्थाका निर्देशक पवित्रा शाहीले जानकारी दिएकी छन् ।

वक्तृत्वकला प्रतियोगिताका लागि कर्णाली प्रदेशका १० वटै जिल्लाका विभिन्न विद्यालयका १३ जना विद्यार्थीहरुले भाग लिएका थिए ।

हिंसा, दुर्व्यवहार र शोषणबाट महिला र बालबालिकाको संरक्षणलाई प्रवर्द्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताएको छ ।