सर्पको टोकाइबाट सुत्केरीसहित दुई जनाको मृत्यु


सुर्खेत । रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १३ रातामाटाकी २२ वर्षकी विनिता ओली विष्ट र सानीभेरी गाउँपालिका वडा नम्बर १ जगल गाउँकी ६१ वर्षकी गङ्गी पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

२२ वर्षकी विष्टलाई हिजो मङ्गलवार दिउँसो बारीमा घाँस काट्ने क्रम सर्पले टोकेको थियो । उनले हिजो राती छोरीलाई जन्म दिइन् । सुत्केरीको रक्तश्राव नरोकिएपछि जिल्ला अस्पताल लगेकोमा आज बुधवार बिहान उनको मृत्यु भएको हो । सर्पको विष शरीरमा फैलिएको र रक्तश्रावका कारण विष्टको मृत्यु भएको चौरजहारी अस्पतालले जानकारी दिएको छ ।

का प्रशासक डिलबहादुर गिरीले जानकारी दिनुभयो । शिशुको पनि अवस्था गम्भीर छ । शिशु जन्मने अवधि कात्तिक महिना भए पनि सर्पले टोकेपछि गए राति नै जन्म भएको थियो ।

गङ्गी पुनलाई भने सर्पले भदौ ४ गते नै टोकेको थियो । सर्पले टोकेपछि पुनलाई चौरजहारी अस्पताल हुँदै प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेकोमा चार दिनअघि आफन्तले गाउँमै उपचार गर्ने भन्दै लगेका थिए । अस्पतालबाट फर्किएको चार दिनमा उको मृत्यु भएको जनाइएको छ ।