सुर्खेतमा निर्वाचन आचारसंहिता उलघंन, मतदाता ओसारपसारमा सवारी साधन प्रयोग

सुर्खेत । सुर्खेतमा निर्वाचन आचारसंहिता उलघंन गर्दै मतदाता ओसारपसार गरेको पाइएपछि प्रहरीले नियन्त्रण गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मतदाता ओसारपसारका लागि प्रयोग भइरहेका दुईपाङ्ग्रे सवारीको हावा फुस्काउँदै मतदाता ओसारपसार गर्नेहरुलाई निर्वाचन आचारसंहिता उलंघन नगर्न आग्रह गरेको हो ।

कार्यालयका प्रवक्ता एंव डिएस्पी सुरज कार्कीका अनुसार राजनितिक दलका कार्यकर्ताहरुले मतदाता ओसारपसार गरिरहेको जानकारी आएपछि प्रहरीले मोबाइल गस्ती गरिरहेको छ । वीरेन्द्रनगरका विभिन्न वडाहरुमा यस्तो कार्य भइरहेको र जानकारी भएसम्म प्रहरीले रोक्ने गरेको उनले बताए ।