
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त आकस्मिक बैठक बोलाएको छ ।
काठमाडौंको बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले बैठक बस्न लागेको हो । रास्वपाको यसअघिको बैठकबाट सरकारलाई दिएको दुई दिनको ‘अल्टिमेटम’ आज सकिएपछि बैठक बोलाइएको सांसद मनीष झाले जानकारी दिए ।
रास्वपाले सरकार गठनका बेला भएको सहमतिअनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

फरकबाटो २१ माघ २०७९, शनिबार २१:२६