भुमी आयोगको जिल्ला कार्यालय उद्घाटन

सुर्खेत । राष्ट्रिय भुमी आयोग सुर्खेतको जिल्ला कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले रिबन काटेर कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटनपछि बोल्दै मुख्यमन्त्री शाहीले सबै मिलेर भुमिहिनहरुको अधिकारका लागि काम गर्नुपर्ने बताए ।

‘हाम्रै पालामा भुमीहिनहरुले न्याय पाउनुपर्छ ’उनले भने “कार्यालय उद्घाटनपछि यो कामले गति लिनुपर्छ ।” मुख्यमन्त्री शाहीले कर्णालीका भुमिहिन नागरिकहरु लामो समयदेखी भुमीको पखाईमा भएकोले नागरिकका आकांक्षा बमोजिम आयोगले काम गर्नुपर्ने बताए ।

आयोगका नवनियुक्त अध्यक्ष श्रीधर पौडेलले कार्यालय स्थापनापछि आयोगको कामकार्रबाही अगाडी बढ्ने बताए । उनले भुमीहिनहरुको अधिकारका लागि आँफुले काम गर्ने बताएका हुन् । अध्यक्ष पौडेलले आजै पदभार ग्रहण गरेका छन् ।

यो भन्दा अगाडिका आयोगले गरेका कामहरुलाई निरन्तरता दिँदै भुमिहिनहरु लाई लालपुर्जा वितरण गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
आयोगको कार्यालय जिल्ला समन्वय समितीमा स्थापना गरिएको हो ।