रोहितको कप्तानीमा भारतको टोली घोषणा

काठमाडौं । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले रोहित शर्माको कप्तानीमा इंग्ल्यान्डविरुद्धको सिमित ओभरको सिरिजका लागि टिम घोषणा गरेको छ । भारतले इंग्ल्यान्डविरुद्धको एकदिवसीय र टी(ट्वान्टी सिरिजका लागि टोलीको घोषणा गरेको हो ।

कोभिड संक्रमणको रोहितले इंग्ल्यान्डविरुद्धको टेस्ट भने गुमाउने छन् । टेस्ट टोलीको कप्तानी जस्प्रित बुमराहले गर्नेछन् । भारतले घोषणा गरेको एकदिवसीय टोलीमा हार्दिक पाण्डयले स्थान बनाएका छन् । उनले आयरल्याण्डविरुद्धको टी(ट्वान्टी सिरिजको कप्तानी गरेका थिए ।

शिखर धवन र रविन्द्र जडेजा पनि एकदिवसीय टोलीमा अटाएका छन् । कुलदिप यादव र दिपक चाहर चोटको कारण टोलीबाट बाहिरिएका छन् । भारतले घरेलु टोलीसँग समान तीन खेलको टी(ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ ।

टी(ट्वान्टी सिरिज जुलाई ७ बाट सुरु हुनेछ । एकदिवसीय सिरिज जुलाई १२ बाट सुरु हुनेछ ।