ब्राइटनलाई हराउँदै सिटी शीर्ष स्थानमा

काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा ब्राइटनलाई ३-० ले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक एक गोल गरे ।

Image

खेलको ५३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा फोडेनले सिटीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८२ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेको छ । सिटी दोस्रो स्थानको लिभरपुल भन्दा १ अंकले अघि रहेको छ । ब्राइटन ४० अंक जोडेर दशौँ स्थानमा रहेको छ ।