अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा नयाँ नियम लागू

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा नयाँ नियम लागू गरेको छ । नयाँ नियम यसै महिनाबाट लागू हुनेछ ।

आईसीसीका अनुसार पुरुष र महिला दुबै खेलमा ढिलो बलिङ गर्ने टोलीलाई खेलकै दौरान जरिवाना गरिनेछ । आईसीसीको ओभररेट नियम अनुसार फिल्डीङ गरिरहेको टोलीले अन्तिम ओभरको पहिलो बल इनिङ्स अन्त्य हुने समयमा फालिसकेको हुनुपर्नेछ ।

अन्यथा सो टीमले ३० यार्ड बाहिर एक जना कम फिल्डरलाई खटाउनुपर्ने हुन्छ । यो नियम जनवरी १६ तारिखमा वेस्ट इन्डिज र आयरल्यान्डबीच हु्ने टी–ट्वान्टीमा पहिलो पटक लागू हुनेछ ।आईसीसीले दुई देशबीचको सिरिजका क्रममा साढे दुई मिनेटको अतिरिक्त ब्रेक लिन सक्ने नियम ल्याएको छ ।