सुर्खेत । कर्णाली प्रदेशबाहेकका प्रदेशमा आज पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
वाग्मती, गण्डकी, प्रदेश–१, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताए ।
उनका अनुसार अहिले देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । देशभर मनसुन सक्रिय रहेकाले दिउँसो देशका सबैजसो ठाउँमा पानी पर्ने उनको भनाई छ ।


फरकबाटो १६ असार २०७९, बिहीबार १०:१०