जनकपुरमा केपी ओलीलाई कालो झण्डा देखाउने प्रयास

सुर्खेत । जनकपुरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने प्रयास भएको छ ।

जनकपुर विमानस्थलबाट जनकपुर जयनगर रेल चढ्न जाने क्रममा उनलाई जसपा र एकीकृत समाजवादीका कार्यकर्ताले कालो झण्डा देखाउने प्रयास गरेका हुन् ।

जनकपुर विमानस्थलबाट ओली गाडीमा अगाडि बढेपछि नजिकै सडकमा कालो झण्डा लिएका युवा देखिएका थिए । तर प्रहरीले उनीहरुलाई तुरुन्तै नियन्त्रणमा लिएको थियो ।

ओली सवार गाडी अगाडि बढेपछि कालो झण्डा देखाउने प्रयास गर्नेहरुलाई साइड लगाइएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए । ओलीलाई रेलवे स्टेसन नजिक पनि केही युवाहरूले प्रयास गरेका थिए । तर उनीहरुलाई प्रहरीले रोकेको छ ।

साभार : अनलाइन खबर