ब्राउन सुगरसहित दुई जना पक्राउ

सुर्खेत । ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाहरकोट बस्ने २९ बर्षका शंकर भट्टराई र कुसाडा बस्ने २७ वर्षका योगेश सिजापती रहेका छन् । उनीहरुलाई दैलेख नारायण गरपालिका पुरानो बसपार्क स्थित जयदुर्गा होटलमा लागु औषध सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।


लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिकसहित दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।