पूर्व विश्व नम्बर एक सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै पराजित

काठमाण्डाै । पूर्व विश्व नम्बर एक सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै पराजित भएकी छिन् ।

गएराति भएको खेलमा सेरेना पहिलो चरणमा फ्रान्सेली खेलाडी हार्मोनी टानसँग पराजित भइन् ।

सेन्टर कोर्टमा सेरेनालाई टानले ७–५, १–६ र ७–६ को सेटमा हराइन् । अब टानले दोस्रो चरणमा स्पेनिस सारा टोर्मोसँग खेल्नेछिन् ।

एक वर्षपछि कोर्ट फर्किएकी ४० वर्षीया सेरेना ७ पटकको विम्बल्डन च्याम्पियन हुन् ।