पुलिस क्लबलाई ४–० गोलले हराउँदै सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा


सुर्खेत । सुदूरपश्चिम–११ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको सेमिफाइलनमा पुगेको छ ।

धनगढी रङ्गशालामा आज मङ्गलवार भएको खेलमा सुदूरपश्चिमले नेपाल पुलिस क्लबलाई ४–० गोलले हराएर अन्तिम चारमा पुगेको हो । यसअघि मनाङ मर्स्याङ्दी क्लब र क्यामरुनको एभिनर एफसी सेमिफाइनलमा पुगिसकेका छन् ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।