मलेसियाले ओमानलाई दियाे २ सय २८ रनकाे लक्ष्य


सुर्खेत । आईसीसी मेन्स प्रिमियर लिगमा मलेसियाले ओमानलाई दुई सय २८ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २७ रन बनायो । मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक ९४ रन बनाए । यस्तै मुहमद सयाहदतले ५५ रन बनाए । ‌ओमानका जेशान मक्सूदले चार विकेट लिए ।

समूह ुएु मा रहेको मलेसिया दुई खेलमा दुई अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । ओमान उति नै खेलमा समान अङ्क भए पनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ ।

एसीसी प्रिमियर कपको समूह ुएु मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ुबीु मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।