सुर्खेत । मंगलबार रातिदेखि नै देशका धेरै ठाउँमा पानी परिरहेको छ । सातै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको झरी छ भने केही ठाउँमा ठूलो वर्षा भएको छ ।
देशका विभिन्न ठाउँमा डुबानमा परेका २ सय ८८ घरका झन्डै एक हजार नागरिकलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । लगातारको वर्षापछि जोखिममा परेका ९ सय ३४ जना व्यक्तिलाई सशस्त्र प्रहरीले हिजो उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरेको हो ।
नदी तटीय र डुबान भइरहने क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।


फरकबाटो १५ असार २०७९, बुधबार ०८:२२