सुर्खेत । प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वतः पदमुक्त भएका छन् । नेपालको संविधानको धारा १०० को उपधारा (३) अनुसार संसद्मा विश्वासको मत प्राप्त गर्न नसक्ने प्रधानमन्त्री स्वतः पदमुक्त हुन्छन् । सोही बमोजिम प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् ।
सरकार गठन भएको १८ महिनामा प्रतिनिधि सभामा ५ औँ पटक विश्वासको मतको प्रस्तावमा आज मतदान भएको हो । आजको बैठकमा २ सय ५८ जना सांसद उपस्थित भएकामा प्रचण्डको विपक्षमा १ सय ९४ जना र पक्षमा ६३ जना सांसदले मत दिएका थिए । एक जनाले ‘मत दिन्नँ’ भन्ने पक्षमा आफ्नो मत जाहेर गरेका थिए ।
२ सय ७५ सदस्यीय तल्लो सदन प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ सिट आवश्यक पर्छ ।
फरकबाटो २८ असार २०८१, शुक्रबार १९:०२