युक्रेनमा सेनाले हतियार किन्दा ४ करोड डलर भ्रष्टाचार भएको खुलासा, पाँच जना पक्राउ


सुर्खेत । युक्रेनको सुरक्षा सेवाले सेनाले हतियार खरिद गर्दा ४ करोड डलर भ्रष्टाचार भएको खुलासा गरेको बताएको छ । भ्रष्टाचारको आरोपमा रक्षा मन्त्रालयका पाँच जना वरिष्ठ व्यक्ति र एक जना हतियार आपूर्तिकर्तामाथि अनुसन्धान भइरहेको सुरक्षा सेवाले बताएको छ ।

सन् २०२२ मा १ लाख वटा मोर्टार गोलाहरूको लागि भएको सम्झौतामा अग्रिम भुक्तानी गरिएको थियो, केही रकम विदेशमा स्थानान्तरण गरिएको थियो । तर निकै कम मात्रामा हतियार भित्रिएको सुरक्षा सेवाले जनाएको छ । एक जना आरोपीलाई युक्रेन छाड्दै गर्दा पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

अर्को एक ठूलो भ्रष्टाचारको काण्डमा गएको अगस्टमा राष्ट्रपति भोलोदोमिर जेलेनेन्सीकले कयौँ व्यक्तिलाई पदबाट हटाएका थिए । भ्रष्टाचारका मुद्दाहरूले युक्रेनलाई वर्षौंदेखि सताउँदै आएका छन् । भ्रष्टाचारकै कारण युरोपेली संघमा आवद्ध हुने युक्रेनको योजना पछाडि धकेलिँदै आएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको २०२२ को भ्रष्टाचार धारणा सूचकाङ्कमा युक्रेन १८० देशहरूमध्ये ११६ औँ स्थानमा रहेको बताएको थियो । भ्रष्टाचारको हिसाबमा लगातार उकालो लाग्ने देशहरुमा युक्रेन एक हो । पछिल्लो एक दशकमा युक्रेन भ्रष्टाचार बढी हुने देशको २८ स्थान माथि उक्लिसकेको छ ।