आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेश सरकारको बजेट (पूर्ण पाठसहित)

सुर्खेत । कर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार रुपियाँको बजेट ल्याएको छ । बुधबार आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि ३२ अर्ब ६१ लाख ६१ हजार रुपैयाँ को बजेट प्रस्तुत गर्नु भएको हो ।

सरकारले चालुतर्फ नौँ अर्ब १६ करोड ९९ लाख १० हजार रुपियाँ, पुंजिगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार रुपैयाँ र स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ चार अर्ब १ करोड ५७ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेश सरकारले यस वर्ष भौतिक पूर्वाधारहरुलाई प्राथकिता दिँदै अधुरा योजना सम्पन्न गर्ने वर्षको रुपमा लिएको छ ।