सुर्खेत । साताको पहिलो दिन आज सेयरबजारमा हरियाली छाएको छ । गत साता उतारचढाव देखिएको सेयरबजार आज ३२ अंकले बढेको हो ।
नेप्से परिसूचक आज ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा सूचीकृत २ सय ३३ कम्पनीको ४२ लाख २३ हजार ८ सय ६७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २ करोड ५४ लाख रूपैयाँ माथिको कारोबार भएको हो ।
आज सर्वाधिक हिमालयन डिष्टिलरीको ४५ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको १२ करोड ३ लाख, एनटीसीको ९ करोड ७९ लाख, शिवम् सिमेन्ट्सको ८ करोड १८ लाख र नेष्डो समृद्ध लघुवित्तको ६ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
फरकबाटो ११ मंसिर २०७९, आईतवार १५:३२