निर्माणधिन सडक र पुल निर्माणका लागि एक अर्ब ९४ करोड बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारले निर्माणधिन सडक र पुल निर्माणका लागि एक अर्ब ९४ करोड बजेट विनियोजन गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बुधबार आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै निर्माणधिन सडक र पुल निर्माणका लागि उक्त रकम विनियोजन गरिएको बताए ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने वर्षको रुपमा लिएको छ ।