सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख, उपप्रमुख र सदस्यहरुले सहिद स्तुपामा माल्यार्पण गरेर पदभार सम्हालेका छन् । आइतबार विहान पद तथा गोपनियताको सपथ खाएका प्रमुख गंगाराम सुनार, उपप्रमुख सचिन कुमार बडुवाल र सदस्यहरुले सहिद स्तूपामा माल्र्यापणपछि पदभार सम्हालेका हुन् ।
समन्वय समितिको सभाहलमा आयोजना गरिएको सपथग्रहण समारोह पश्चात वीरेन्द्रनगर ४ स्थित सहिद पार्कमा रहेको सहिद स्तुपामा माल्यार्पण गर्न पुगेका थिए ।
सपथ ग्रहणपश्चात समन्वय प्रमुख सुनारले जिल्लाका सबै स्थानीय तहहरुसंग प्रभावकारी समन्वय गरेर अघि बढ्ने धारणा राखे । सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री यामलाल कंडेलले जिल्लाको विकासका लागि सबैको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
राजनीतिक दलबाट निर्वाचित भएपनि जनप्रतिनिधिहरु सबैको साझा भएर काम गर्नुपर्ने भन्दै कंडेलले भेदभाव र पक्षपात नगरी काम गर्न सुझाव दिए ।
जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख छविलाल सिग्द्धेलले जिल्ला समन्वय समितिलाई आवश्यक अधिकार नदिइएको भन्दै यसको अधिकार क्षेत्रलाई बढाउनुपर्ने धारणा राखे ।
फरकबाटो २९ जेष्ठ २०७९, आईतवार २२:४१