
सुर्खेत । टिप्परको ठक्करबाट मृत्यु भएकी लेकवेशी नगरपालिका ५ नेटाकी १८ वर्षीय लक्ष्मी पुलामीका आफन्त तथा विद्यार्थीहरुले दोषिलाई कार्वाही गर्नुपर्ने र क्षतिपूर्तिको माग राखेर गरिएको छिन्चु बजार बन्द खुलेको छ ।
सोमबार बिहानदेखी भेरीगंगा नगरपालिकाको छिन्चुमा बन्द गरेका थिए । दिउँसोदेखि बन्द खुलेको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बन्द खुलेको जानकारी दिए । कार्वाही र क्षतिपूर्तिका लागि छलफल गरिने र यदि सहमती नभएर फेरि भोलि बन्द गरिने आफन्तले बताएका छन् ।
चैत्र ५ गते वीरेन्द्रनगर नगरपालिका–११ मा मृतक पुलामी सावार मोटरसाईकलाई टिप्परले ठक्कर दिएको थियो ।

फरकबाटो ७ चैत्र २०७८, सोमबार १५:१५