सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा गंगाराम सुनार निर्वाचित भएका छन् । नेकपा एमालेको तर्फबाट उम्मेद्धवारी दिएका सुनारले दश मत प्राप्त गरि निर्वाचित भएका हुन् ।
यस्तै उपप्रमुखमा माओबादीका सचिनकुमार बडुवाल, सदस्यहरुमा एमालेका डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मिना मल्ल र सावित्रा टमटा निर्वाचित भएका हुन् ।
यस्तै माओवादीबाट शान्ति ताराम र तुलबहादुर नेपाली समेत जिल्ला समन्वय समिति सुर्खेतको सदस्यमा निर्वाचित भएका हुन् । बिजयी सबैले दश–दश मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
यता नेपाली काँग्रेस प्रमुखमा दिलिपकुमार वाग्ले सहित सदस्यहरु उजिरसिंह कामी, रत्नादेवी ढुंगाना, लीलाजंग शाह र गौरी दमाईले आठ–आठ मत प्राप्त गरेका हुन् ।


फरकबाटो २७ जेष्ठ २०७९, शुक्रबार १३:४६