लामाे दुरीकाे सार्वजनिक गाडीकाे भाडा बढ्याे

काठमाण्डाै । लामो दुरीको सार्वजनिक गाडीको भाडा बढेको छ । इन्धनको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको हो ।

गए रातिदेखी पेट्रोल लिटरकाे आठ, डिजल र मट्टीतेल लिटरको १२ रुपैयाँ बढेपछि स्वचालित मूल्य प्रणालीअनुसार गाडी भाडा दुई दशमलव पाँच प्रतिशत बढाएको विभागले जनाएको छ । यसअघि इन्धनको भाउ घटेपछि जेठ २० गते दुई दशमलव ६ प्रतिशत घटेको थियो ।

विभागले पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा ३ दशमलव ३ प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा ३ दशमलव ७ प्रतिशत बढाएको छ ।