प्रचण्डको कार्यक्रममा अस्वाभिक क्रियाकलाप गर्ने युवक पक्राउ, थप अनुसन्धाका लागि वीरेन्द्रनगर ल्याइयो

सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिका मटेलामा पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याइएको छ। मंगलबार साँझ पक्राउ परेका युवकलाई आवश्यक थप अनुसन्धानका लागि बुधवार विहान जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अमानविय व्यवहार गरेको भन्दै ती युवकलाई मटेला प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अवलचिंगमा राखिएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार अमानविय व्यवहार गरेपछि पक्राउ परेका उक्त युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको हो ।

डिएसपी सुरज कार्कीले पक्राउ परेका युवकले अस्वभाविक गतिविधि गरेकोले पक्राउ गरिएको बताए। उनले भने, ‘कार्यक्रममा नजिकै अस्वभाविक गतिविधि गरेका कारण पक्राउ गरिएको हो । त्यतीबेला प्रचण्ड ज्युको फ्लाईट उडिँसकेको थियो।’ डिएसपी कार्कीले प्रचण्ड ज्युलाई जुत्ताको माला लगाउने भन्ने विषय आफुले जानकारी नपाएको र कार्यक्रम नजिकै अस्वभाविक कार्यक्रम गरेका कारण युवकलाई पक्राउ गरिएको बताए ।