संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणबारे प्रधानमन्त्री देउवासँग जानकारी लिने

काठमाण्डाै । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग जानकारी लिने भएको छ ।

बिहान सिंहदरबारमा बसेको समितिको बैठकले भ्रमणबारे जानकारी लिन प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो ।

समिति सभापति पवित्रा निरौला खरेलकाअनुसार असार ५ गतेको बैठकमा प्रधानमन्त्रीलाई बोलाउने निर्णय भएको छ । यसअघि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन प्रमुख प्रतिपक्षी दल एमालेले माग गरेको थियो ।

प्रधानमन्त्री देउवा असार दोस्रो हप्ता अमेरिका भ्रमणमा जाने तयारी छ ।