सबै प्रकारका विभेद अन्त्य गर्दै समृद्ध देश बनाउन जुट्नुस् : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेद अन्त्य गर्दै समृद्ध देश निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन् ।

१७ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०७९ को अवसरमा अन्तर पार्टी दलित महिला सञ्जाल र दलित महिला केन्द्रलगायतका सङ्घ/संस्थाद्वारा आज शनिवार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणको निम्ति दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछुत अन्त्यको व्यावहारिक रूपमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।