४० घरधुरीलाई गोबर ग्याँस हस्तान्तरण

सुर्खेत । गुर्भाकोट नगरपालिकामा ४० घरधुरीलाई गोबर ग्याँस हस्तान्तरण गरिएको छ । यूएनडिपी , केपी विजनेश प्राईभेट र अन्तरनिर्भर समाज सुर्खेतको साझेदारीमा सञ्चालन भएको ग्रिन रिकभरी प्रोजेक्ट अन्तर्रगत ४० घरधुरीलाई गोबर ग्याँस हस्तान्तरण गरिएको अन्तरनिर्भर समाज सुर्खेतका कार्यकारी व्यवस्थापक विवेक शाहीले जानकारी दिए ।

उनका अनुसार गुर्भाकोट नगरपालिकाको ४,५ र ६ नं वडामा ६ घनमिटरको गोबर ग्याँस ४० घरमा निर्माण गरि हस्तान्तरण गरिएको हो ।

गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त बहादुर पुन र यूएनडिपी नेपालका प्रमुख बिजय सिंहद्धारा गोबर ग्याँस चुलो प्रज्जोलन गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।