काठमाडौं । नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एएफसी एसियन कप छनोट अघि नेपालले कतारको दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।
कतार फुटबल एसोसियनले बुधबार दुई मैत्रीपूर्ण खेल्ने तालिका सार्वजनिक गरेको छ । कतार एफएको अनुसार नेपालले जेठ १४ गते टिमोर लिस्टे र जेठ २० गते ओमानसँग खेल्ने जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले भने मैत्रीपूर्ण पक्का भईनसकेको बताए । ‘हामीले मैत्रीपूर्णको तयारी गरिरहेका छौँ । तर, दुबै टिमसँग खेल्ने पक्का भईसकेको छैन,’ उनले भने ।
यस अघि नेपालले अफगानिस्तानसँग खेल्ने तालिका रहेको थियो । तर, अफगानिस्तान कतार आउन नमानेपछि खेल स्थगित भएको थियो ।


फरकबाटो ११ जेष्ठ २०७९, बुधबार १९:०५