आन्दोलित शिक्षक प्रहरीको नियन्त्रणमा

आन्दोलित शिक्षक प्रहरीको नियन्त्रणमा

 

२० प्रतिशत शिक्षा क्षेत्रमा वार्षिक बजेट छुट्याउनुपर्ने लगायत माग राख्दै   प्रधानमन्त्री निवास बालुवाटार अघि आन्दोलित  शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रवार नेपाल शिक्षक महासंघको शुक्रवार नेतृत्वमा  बालुवाटारमा अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका करीब दुइ सय शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महासंघ शिक्षकहरु वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने,द्वन्दपीडित शिक्षकहरुको समस्या समाधान गरिनुपर्ने, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलब, भत्ताको व्यवस्था गर्नुपर्ने शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामूहिक रुपमा बढुवा गराइनुपर्ने,  र उच्चमावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका मागहरु राख्दै गत वैशाखदेखि आन्दोलन गर्दै आएको छन् ।