
सुर्खेत । रौतहटमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । गरुडा नगरपालिकाको गरुडा बजारमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा गोली लागि एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
हातमा गोली लागेका गरुडा नगरपालिका वडा नम्बर ५ का २२ वर्षीय गजेन्द्र यादवको उपचार भइरहेको छ । चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
गरुडा बजारमा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले १६ राउन्ड अश्रु ग्यास तथा गोली प्रहार गरेको छ । मेयरका उम्मेदवार रहेका दीपक यादवको टोलीले गरुडा नगरपालिकाको कार्यालयमा ताल्चा लगाउन खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।
यादवको टोलीले केही दिनदेखि नै नगरपालिकाविरुद्ध प्रदर्शन गर्दै आएको छ । नगरपालिकामा भएको कमको गतिविधिको सूचना माग्दै यादव आमरण अनशनसमेत बसेका थिए ।

फरकबाटो २९ चैत्र २०७९, बुधबार १९:४१