कृतिका यू-१९ टोलीका कप्तान नियुक्त

काठमाडौं । कृतिका मरासिनी यू-१९ महिला क्रिकेट टिमको कप्तान नियुक्त भएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार कृतिकालाई कप्तान नियुक्त गरिएको जनाएको छ ।

आईसीसी यू-१९ महिला विश्वकप छनोट अघि क्यानले कृतिकालाई कप्तान चयन गरेको हो । मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् । छनोट आगामी जुन ४ बाट सुरु हुनेछ ।

नेपालले छनोटका लागि १८ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।