नेपाली टोली भोलि केन्या जाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि सोमबार केन्या भ्रमणमा निस्कने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले नेपाली टोली सोमबार केन्या जाने जानकारी दिए।

‘५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज तथा तीन खेलको एकदिवसीय सिरिजका लागि नेपाल सोमबार केन्या भ्रमणमा निस्कदै छ,’ खनालले खेलपाटीलाई भने, ‘नेपाली टोली मंगलबार केन्या पुग्ने तालिका रहेको छ ।’

नेपाली टोली अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने छन् । नेपालले भदौ ९ देखि २० सम्म केन्यासँग सिरिज खेल्दैछ । यस सिरिजका लागि नेपाली भदौ ७ गते केन्या पुग्ने तालिका छ।

नेपालले घरेलु टोलीसँग सुरुआतमा टी–ट्वान्टी सिरिज खेल्नेछ । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् ।