नेपाली टोलीको कमजोरी पत्ता लगाउदै छु – प्रभाकर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले आफुले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कमजोरी पत्ता लगाउदै गरेको बताएका छन् ।

मुख्य प्रशिक्षक प्रभाकरले त्रिवि क्रिकेट मैदानमा संचारकर्मीसँग कुरा गर्दै आफुले नेपाली टोलीको कमजोरी पत्ता लगाउदै गरेको बताएका हुन् ।

यस अघिका नेपालको खेलको भिडियोहरु हेरिरहेको र नेपालले साना साना कमजोरीका कारण खेल हारिरहेको देखेको बताउँदै उनले ति कमजोरीहरुलाई सुधार आवश्यक रहेको बताए ।

‘म यहाँ आए देखि निरन्तर वर्षा भईरहेको कारण हाम्रो अभ्यास ईन्डोरमा मात्र सिमित भएको छ । यसले गर्दा मैले राम्रोसँग खेलाडीको बारेमा समेत थाहा पाउन सकेको छैन । हामीले आज मात्र मैदानमा अभ्यास गर्न पायौ,’ प्रभाकरले भने ‘नेपालको ब्याटिङमा रहेको समस्या सुधारोन्मुख रहेको यसको लागि हामीहरु लागि रहेको छौँ ।’

नियमित ओपनरका रुपमा रहेका कुशल भुर्तेल टिममा नरहेको अवस्थामा ओपनिङ जोडिका विषयमा टिम अहिले नै निष्कर्षमा नपुगेको प्रभाकरले बताए ।

नेपालले भदौ ९ देखि २० सम्म केन्यासँग सिरिज खेल्दैछ । यस सिरिजका लागि नेपाली भदौ ७ गते केन्या पुग्ने तालिका छ । नेपालले घरेलु टोलीसँग सुरुआतमा टी–ट्वान्टी सिरिज खेल्नेछ ।

राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् ।